उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको मृत्यु


एजेन्सी

१२ पुस २०७७, आइतबार


इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस