काठमाडौँ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गरिने भएको छ । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने जनाइएको छ।