धितोपत्र बोर्डले समायोजन गर्‍यो ब्रोकर कमिसन, कतिसम्म कारोबारको कति लाग्छ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धितोपत्र बोर्डले समायोजन गर्‍यो ब्रोकर कमिसन, कतिसम्म कारोबारको कति लाग्छ ?


११ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साढे पाँच वर्षपछि ब्रोकर कमिसन समायोजन गरेको छ ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । यसअघि, कारोबार रकमानुसार ०.६ देखि ०.४ प्रतिशतसम्म रहेको ब्रोकर कमिसन दर समयोजन भएर ०.४ देखि ०.२७ प्रतिशतसम्म कायम भएको स्रोत बताउँछ ।

समायोजन गरिएको ब्रोकर कमिसन पुस १२ गते आइतबारदेखि लागू हुने बोर्डले जनाएको छ।

जसअनुसार तोकिएको कमिसन रकम यसबमोजिम हुनेछ:

५० हजारसम्मको कारोबारमा ० दशमलव ४० प्रतिशत

५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ० दशमलव ३७ प्रतिशत

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ० दशमलव ३४ प्रतिशत

२० लाखदेखि माथि १ करोडसम्मको कारोबारमा ० दशमलव ३० प्रतिशत र

१ करोडमाथि जतिसुकै रकमो कारोबारमा ० दशमलव २७ प्रतिशत ब्रोकर कमिसन तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस