कस्तो रहला अबको तीन दिनको मौसम ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कस्तो रहला अबको तीन दिनको मौसम ?


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने, देशभर मौसम सामान्यतया सफा रहेको छ । साथै, तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार आगामी तीन दिनको मैसम पौष १० गते (शुक्रबार) दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति भने प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ११ गते (शनिबार) दिउँसोः प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातिः गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी पौष १२ गते (आईतबार) गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। रातिः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखालेजनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस