२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय कमिटीमा मनोनीतलाई प्रशिक्षण दिन ओली पक्षले खटायो प्रशिक्षक

अ+ अ-

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ मनोनीत केन्द्रीय सदस्यहरूलाई कार्यगत प्रशिक्षण दिन प्रत्येक प्रदेशमा नेताहरु खटाएको छ ।

प्रशिक्षकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत छन् ।

ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सातवटै प्रदेशका मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन प्रशिक्षक तोकिएको जानकारी दिए ।

ओली पक्षले केन्द्रीय सदस्यका रूपमा ठूलो संख्यामा नेताहरूलाई जिम्मेवारी दिएको थियो । मंगलबार ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । अझै १ सय ९६ जना थप्न बाँकी छ ।

प्रवक्ता ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशका नयाँ केन्द्रीय सदस्यहरूलाई उनी स्वयं, लेखराज भट्ट, कर्णबहादुर थापा र विन्दा पाण्डेले प्रशिक्षण दिनेछन् ।

कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य जानेछन् । त्यस्तै, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूलाई विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षण दिनेछन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेलले प्रशिक्षण दिनेछन् ।

वाग्मती प्रदेशका नयाँ केन्द्रीय सदस्यहरूलाई ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिनेछन् भने प्रदेश २ बाट केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूलाई ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिनेछन् ।

प्रदेश १ बाट केन्द्रीय सदस्यमा मनोनीत भएकाहरूलाई भने सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्बाहाम्फेले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा सरकारले तोकेको मध्यावधि निर्वाचनमा कसरी जाने, सरकारले प्रतिनिधिसभा विघटन गर्नुको कारण र पार्टी विभाजनलगायत विषयमा स्पष्ट धारणा राख्नका लागि बताइने एक प्रशिक्षकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस