निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली सङ्कलन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली सङ्कलन


८ पुस २०७७, बुधबार


काठमाडौँ । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ ।

अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।

 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिए । उनले अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गरिने बताए ।

यसअघि निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदाधिकारीहरुको नामावली पनि संकलन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस