माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने दाहाल-नेपाल समुहको निर्णय « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने दाहाल-नेपाल समुहको निर्णय


प्रशासन संवाददाता

७ पुस २०७७, मंगलबार


काठमाडौँ । नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपालको नाम पारित गरेको छ ।

मंगलबार काठमाडौँको बबरमहल कार्की ब्याङ्केटमा बसेका बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।

आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस