ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल-नेपाल पक्षको प्रस्ताव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने दाहाल-नेपाल पक्षको प्रस्ताव


७ पुस २०७७, मंगलबार


काठमाडौँ। नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

दाहाल–नेपाल समूहकोआफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक अगाडि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाउने निर्णय गरेको छ । पार्टीको विधान अनुसार प्रचण्डसँगै नेपालले आलोपालो अध्यक्षता गर्नेछन् ।

महासचिव भने तोकिएको छैन । विष्णु पौडेल अध्यक्ष ओली समूहले बोलाएको बैठकमा गएका छन् । दाहाल–नेपाल समूहका नेताहरुले महासचिव पौडेल नै बैठकमा आउने अपेक्षा गरिएको बताए । उनी नआए अध्यक्षले माइन्यूट उठाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस