चार सय वर्षपछि पहिलोपटक सबैभन्दा नजिक आए बृहस्पति र शनि « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चार सय वर्षपछि पहिलोपटक सबैभन्दा नजिक आए बृहस्पति र शनि


एजेन्सी

७ पुस २०७७, मंगलबार


लण्डन । सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक आएका छन्। नजिक आएका उनीहरूबिचको दूरी ०.१ डिग्री रहेको छ । उनीहरू नाङ्गो आँखाको साथमा दूरविन र टेलिस्कोपबाट हेर्न सकिने गरी नजिक भएका वैज्ञानिकहरूले बताएका छन्।

यो खगोलिय घटना सन् १६२३ जुलाई १७ पछि पहिलोपटक देखिएको हो। अब यो दृश्य सन् २०८० को मार्च १५ मा मात्र देख्न सकिनेछ।

सौरमण्डलका दुई ठूला ग्रह नजिक आउनु दुर्लभ भने नभएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । त्यसो त बृहरस्पति हरेक २० वर्षमा आफ्नो छिमेकी ग्रह शनिको नजिकबाट जाने गर्छ तर यति नजिक आउनुचाँहि विशेष हो।

०.१ डिग्री निकट भएपनि उनीहरूबिचको दूरी करोडौँ किलोमिटरको हुन्छ। यसको सबैभन्दा राम्रो दृश्य सोमबार राति ब्रिटेनको उत्तरी हिस्साबाट देखिएको थियो। त्यहाँ मौसम सफा भएकाले यो अवसर जुट्न गएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस