काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना भाइरस संक्रमण पुष्टि चएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज १ हजार ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ।
हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्।