खुमलटार बैठक सकियो, ओलीको प्रस्तावविरुद्ध संवैधानिक कदम चाल्ने निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खुमलटार बैठक सकियो, ओलीको प्रस्तावविरुद्ध संवैधानिक कदम चाल्ने निर्णय


५ पुस २०७७, आइतबार


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रचण्डनिवास खुमलटारमा बसेको बैठकमा संसद् विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रस्तावविरुद्ध राजनीतिक र संवैधानिक कदम चाल्ने निर्णय भएको झलनाथ खनालले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, खनालसहितका नेताहरु सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस