कुरा काट्नेहरुलाई भीम रावलको जवाफ, पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् कि ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुरा काट्नेहरुलाई भीम रावलको जवाफ, पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् कि ?


४ पुस २०७७, शनिबार


काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेपछि कुरा काट्नेहरुलाई कडा जबाफ दिएका छन्।

शनिबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेट भएको थियो। उक्त भेटमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए।

सोही विषयलाई उठान गर्दै उनलेसामाजीक संजाल ट्वीट गर्दै कुरा काट्नेहरुलाई जबाफ दिएका हुन् । उनले ट्वीटरमा भनेका छन्,‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि?’

उनको ट्वीट:

 

Tags :
प्रतिक्रिया दिनुहोस