२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसचिव त्रितालले देउवालाई भने -‘भागेर होइन, भाग लिएर भूमिका निभाऊ’

अ+ अ-

काठमाडौँ । पूर्वसचिव शारदा प्रसाद त्रितालले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेताले ‘भागेर’ होइन ‘भाग लिएर’ आफ्नो भूमिका निभाउनु पर्ने बताएका छन् ।

संवैधानिक परिषद् र प्रमुख प्रतिपक्षी दलका नेताको भूमिकाबारे आफ्नो धारणा राख्दै पूर्वसचिव त्रितालले सो कुरा उल्लेख गरेका हुन् । नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संवैधानिक परिषदको सदस्य रहेका छन् ।

उनले प्रधानमन्त्रीको रूपमा बारम्बार संवैधानिक परिषद्को अध्यक्ष भइसकेको व्यक्तिबाट यस्तो व्यवहार देखाइन्छ भने शासकीय सुधारका सम्बन्धमा अरूबाट के आशा गर्ने ? भन्ने प्रश्नसमेत गरेका छन् ।

निजामती प्रशासनमा बौद्धिक, हक्कि र इमानदार छविका प्रशासकका रूपमा लिइँदै आएका त्रितालले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य रहने प्रावधान राख्नुका विभिन्न चारवटा कारणहरूसमेत बताएका छन् ।

जसमा संवैधानिक निकायहरूमा योग्य र इमानदार व्यक्तिको नियुक्ति हुन सकोस् भनी खबरदारी गर्न, संवैधानिक परिषद्लाई प्रभावकारी बनाउन उपयुक्त रणनीति सहितका सुझावहरू प्रस्तुत गरी रचनात्मक भूमिका निर्वाह गर्न, सत्ताधारीहरूले संवैधानिक निकायहरूलाई सत्ताको खेलौना बनाउन नपाउन् भनेर खबरदारी गर्न र प्रमुख प्रतिपक्षीका सुझावहरू नमानी सत्ताधारीहरूले एकलौटी गर्न खोजेमा बैठकमा विरोध गर्न र त्यसबारेको वास्तविकता जनसमक्ष ल्याउन प्रमुख प्रतिपक्षी दलको भूमिका रहने बताएका छन् ।

तर अहिले त्यो भूमिका निर्वाह हुन नसकेको त्रितालको भनाई छ । उनले अहिले भइरहेको अवस्थाबारे पनि चारवटै बुँदामा उल्लेख गरेका छन् ।

जसमा पहिलो संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षीलाई राख्नुको उद्देश्यप्रति पूर्ण रूपमा बेवास्ता गर्ने गरिएको र कुनै रचनात्मक भूमिका निर्वाह हुन सकेको नदेखिएको बताएका छन् । आफ्ना केही दाता वा चम्चेहरुलाई संवैधानिक निकायमा नियुक्ति गराउन बालुवाटार धाउनमा नै प्रमुख प्रतिपक्षी नेताको दिनचर्या हुने गरेको देखिएको उनको भनाई छ ।

संवैधानिक निकायमध्ये पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छे पार्नै पर्ने अडानमा रहेर प्रमुख प्रतिपक्षी दलको रूपमा निर्वाह गर्नु पर्ने अरू सबै भूमिकालाई तिलाञ्जली दिएको र अल्छी विद्यार्थीले गृहकार्य नगरेमा बिरामी भएँ भनी घरै बसेजस्तो आफ्नो मान्छे पर्ने सम्भावना नदेखिएमा बैठक नै बहिस्कार गर्ने गरेको देखिएको त्रितालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस