आजबाट सवारी साधनमा लगाईएको जोर-बिजोर प्रणाली अन्त्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजबाट सवारी साधनमा लगाईएको जोर-बिजोर प्रणाली अन्त्य


३ पुस २०७७, शुक्रबार


काठमाडँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाईएको जोर-बिजोर प्रणाली आज देखि हटेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालय कोरोना भाइरसको जोखीम न्युनिकरणका लागि सरकारले विगत चार महिनादेखि लागु गर्दै आएको निजी तथा सार्वजनिक सवारी साधको जोर-विजोर प्रणली आज (शुब्रबार) देखि हटाउने निर्णय गरेको हो ।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताए ।

उनले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे। यातायात व्यवसायी र मजदुरहरुले आजबाट सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेपछि प्रशाशन दबाबमा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस