दुई प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपसचिव तालिमका लागि सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपसचिव तालिमका लागि सिफारिस


२ पुस २०७७, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र एक जना महानगरपालिकाका उपसचिवसहित तीन जनालाई सेवाकालिन प्रशिक्षणका लागि मनोनयन गरेको छ ।

मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ३५ कार्य दिनको तालिमका लागि सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेल र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल तथा पोखरा महानगरपालिकाका आर्थिक प्रशासनका उपसचिव जयराम पौडेललाई सचिव स्तरीय निर्णयबाट सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस