आजको मौसम : देशका अधिकांश स्थानमा बदली रहने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आजको मौसम : देशका अधिकांश स्थानमा बदली रहने


प्रशासन संवाददाता

२ पुस २०७७, बिहिबार


काठमाडौँ। अहिले प्रदेश १, गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको हो ।

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका अधिकांश भु–भागहरुमा तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस