राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाऔँ : तरुण दल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाऔँ : तरुण दल


१ पुस २०७७, बुधबार


काठमाडौँ । नेपाल तरुण दलले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । बुधवार विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाउन माग गरेको हो ।

अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाईअविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई सङ्कटबाट मुक्त  गर्नको लागि नेपाल तरुण दल केन्द्रीय कार्यसमिति माग गर्दछ ।’

यस्तै अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्नसमेत आग्रह गरिएको छ ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस