२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका निर्वाचन परिणाम : राष्ट्रपतिमा जो बाइडनको औपचारिक जित

अ+ अ-

काठमाडौँ । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्। यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो। गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए।

अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा –इलेक्टरलहरूलाई’ मत दिन्छन् जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन्। यो प्रक्रिया भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने ठानिएको छैन। सामान्यतया इलेक्टरल हरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे। उनले कतिपय राज्यमा त मुद्दा पनि हाले तर ती सबै अदालतले उनको दाबी अस्वीकार गरे।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्निया सोमवार मत हाल्ने अन्तिम राज्य थियो जहाँ ५५ इलेक्टरल मत छ। त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो। मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो।

मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ। त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ। इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको सङ्क्रमणकालीन टोलीले घोषणा गरेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस