१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली अलैँचीका पाँच जातको पहिचान

अ+ अ-

इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ । अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए । ‘अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ’, अधिकारीले भने, ‘अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।’

केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैँची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैँची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ । एक सय ७० वर्षअघि शुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैँची अहिले एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैँची पनि ६०० देखि एक हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस