२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाठ्यक्रम सक्न अतिरिक्त कक्षा चलाउँदै बरेङ गाउँपालिका

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए।

कोरोनाले शैक्षिक गतिविधिमा नोक्सान भएका कारण यसको परिपूर्तिका लागि अतिरिक्त कक्षा लिन थालिएको हो । पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन र पाठ्यक्रम समयमै सक्नका लागि गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेको उनको भनाइ छ । सरकारले शैक्षिक सत्र सकाउनका निम्ति निर्देशन दिएपछि समयमै पाठ्यक्रम नसकिने भएपछि विद्यार्थीको उच्च मनोबल बनाउन र सिकाइ बढवा दिन कक्षा शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

पुस १ देखि कक्षा ८, ९ र १० का विद्यार्थीका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए। शर्माले चार महिना पढाइ रोकिएका कारण पाठ्यक्रम नसकिने भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर कक्षा सञ्चालनको थालनी गरेको जानकारी दिए । अतिरिक्त कक्षा सञ्चालनका लागि गाउँपालिकाले रु तीन लाख ५० हजार छुट्याएको उनको भनाइ छ । उक्त रकमबाट शिक्षकलाई अतिरिक्त कक्षा लिएबापत प्रदान गरिनेछ ।

‘बन्दाबन्दीका कारण विद्यार्थीले चार महिनाभन्दा बढी कक्षा लिन पाएनन्, त्यसले गर्दा पाठ्यक्रम नसकिने भयो, उनीहरुलाई सिकाइमा समस्या हुने हुँदा गाउँपालिकाले नै शुल्क तिरिदिने गरी कक्षा सञ्चालन गरिने भएको हो’, उनले भने, ‘बन्दाबन्दीमा पनि हेल्लो अभिभावक, टोल शिक्षालगायत कार्यक्रम त गरियो तर कक्षामा आएर नपढेपछि सिकाइ प्रभावकारी नहुने हुँदा अतिरिक्त कक्षा सञ्चालन गर्नु परेको हो ।’ पुस १ गतेदेखि कम्तीमा दुई घण्टा विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्दा गाउँपालिकामा रहेका नौ वटा माध्यमिक विद्यालयका ७४० विद्यार्थी लाभान्वित हुने अधिकृत शर्माले बताए ।

अतिरिक्त कक्षाले कमजोर विद्यार्थीलाई थप उत्प्रेरणा मिल्ने र पाठ्यक्रम समयमै सकिने उनको भनाइ छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत शर्माका अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुनेछ भने बिहान एक घण्टा र बेलुका एक घण्टा अतिरिक्त कक्षा लिइनेछ ।

अतिरिक्त कक्षाको विषय विद्यालयको शिक्षकको बैठकले छनोट गर्नेछ । गाउँपालिकाले थप गरेको अतिरिक्त कक्षाको बजेटले अपुग भएमा विद्यालय व्यवस्थापन समितिले आयस्रोत जुटाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस