पेट्रोलियम पदार्थको मूल्य बढ्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


२८ मंसिर २०७७, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो। भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४/४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जानाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस