फाइजरले विकास गरेको कोरोना खोप प्रयोग गर्न अमेरिकाको अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फाइजरले विकास गरेको कोरोना खोप प्रयोग गर्न अमेरिकाको अनुमति


एजेन्सी

२७ मंसिर २०७७, शनिबार


काठमाडौँ । फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोपमको प्रयोग गर्न अमेरिकाले अनुमति दिएको छ ।

अमेरिकाको खाद्द तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाई ‘खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यो खोप ९५ प्रतिशत सफल मानिएको छ ।

सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस