कोरोना खोपसम्बन्धमा भएको प्रगतिबारे उपप्रधानमन्त्री पोखरेलद्वारा छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना खोपसम्बन्धमा भएको प्रगतिबारे उपप्रधानमन्त्री पोखरेलद्वारा छलफल


२६ मंसिर २०७७, शुक्रबार


काठमाडौँ। उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिएका हुन् ।

कोरोना खोपसँग सम्वन्धित विषयमा गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गर्दै उपप्रधानमन्त्री पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा आवश्यक जानकारी लिएको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

बैठकले कोभिड नियन्त्रण सम्वन्धित कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको सल्लाहकार केसीले जानकारी दिए । कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय पनि वैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस