नयाँदिल्ली । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
जसमध्ये ९२ लाख ९० हजार ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७४९ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१४ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १८६ पुगेको छ ।
भारतको राजधानी समेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ । यहाँ गत २४ घण्टामा १५ सय ७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४९७ जनाको नमूना परीक्षण भएको थियो ।