जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट


२६ मंसिर २०७७, शुक्रबार


 

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ।

गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै एक कार्यकालमात्रै राष्ट्रपति हुने व्यक्तिमा सीमित गरिदिएका थिए भने कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली मूलको उपराष्ट्रपति बन्न सफल भएकी छन्।

यस्तै, कोरोनाकालमा निकै प्रचलनमा रहेको भिडियो च्याट सेवा ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’ भएका छन्। गार्जियन अफ दि एयरमा आस्सा ट्राओर, पोर्चे बेनेट बे र डा। एन्थोनी फौसी चयन भएका छन्।

टाइम पत्रिकाले सन् १९२७ देखि वर्षव्यक्ति छनोट गर्न सुरु गरेको थियो। सुरुमा यसलाई ‘म्यान अफ दि इयर’ भनिएकोमा पछि ‘पर्सन अफ दि इयर’ भन्न थालिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस