काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले शिष्टाचार भेट गरेका छन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार दिउँसो भेट गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र हितमा काम गर्ने विषयमा छलफल भएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल भ्रमणमा आएका थिए । उनले मंसिर ११ गते राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए ।