२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै वर्ष ८७ लाख सामाजिक सुरक्षा भत्ता दुरुपयोग

अ+ अ-

खोटाङ । साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष ८७ लाख बढी रुपैयाँ दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो ।

भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६/०७७ भित्र रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्कालाई बुझाएको छ ।

छानविन समितिले आर्थिक वर्ष २०७६/०७७ मा वडा नं १ बाँझे च्यानडाँडामा रु २० लाख ३४ हजार ४००, वडा नं २ रतन्छामा रु १२ लाख २८ हजार, वडा नं ३ खिदिमामा रु ११ लाख ८७ हजार २००, वडा नं ४ मात्तिममा रु २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा रु २० लाख ४८ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानविनका क्रममा फेला परेको छानविन समिति संयोजक खड्काले जानकारी दिएका छन् । शुरुमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उनको संयोजकत्वमा छानविन समिति गठन गरिएको राससले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस