विज्ञापन क्षेत्रका विकृतिलाई चिरफार गर्दै स्वागतयोग्य नीति बनाउन मन्त्री गुरुङको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विज्ञापन क्षेत्रका विकृतिलाई चिरफार गर्दै स्वागतयोग्य नीति बनाउन मन्त्री गुरुङको निर्देशन


२४ मंसिर २०७७, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।

विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए । हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे ।

कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाए । यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो । बोर्डको अध्यक्षमा डिल्लीराम शर्मा रहेका छन् । भने सदस्यमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने, बन्दना दनुवार र जानुका सुवेदी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस