३८ थान नक्कली सवारी लाइसेन्ससहित भक्तपुरबाट एक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३८ थान नक्कली सवारी लाइसेन्ससहित भक्तपुरबाट एक पक्राउ


२४ मंसिर २०७७, बुधबार


काठमाडौँ । प्रहरीले भक्तपुरबाट ३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका–६ बाट सिन्धुपाल्चोक साागाचोकगडी नगरपालिका–१३ घर भइ हाल ठिमी बस्दै आएका २८ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको हो । गिरीले चलाउँदै आएको बा १५च४३८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ । उनको साथबाट किर्ते गरेका ३६ वटा सवारी लाइसेन्स र विभिन्न बैंकका चेक बरामद भएको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस