आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ


२३ मंसिर २०७७, मंगलबार


पक्राउ

सुर्खेत । दैलेखमा आफ्नै छोरीलाई पटक पटक करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएकोबेला ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती पटक-पटक करणी गर्दै आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजे घरमा कोही नभएको मौका छोपी छोरीलाई जवरजस्ती करणी गरेका थिए ।

‘बलात्कार गरेको गोप्य सूचनाका आधारमा हामीले ती पुरुषलाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी श्रेष्ठले भने, ‘दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमती घरमा नभएको बेला पटकपटक करणी गरेको खुलेको छ ।’

प्रहरीले ती पुरुषलाई पक्राउ गरेपछि श्रीमतीले प्रहरीसामु उजुरी दिएकी थिइन् । ती पुरुषमाथि जबरजस्ती करणी मुद्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस