संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एक हुन प्रधानमन्त्री ओलीको आह्वान


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस