३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १-१० सम्मका विद्यार्थीका लागि ‘इ-क्लास नेपाल’ एप सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘इ-क्लास नेपाल’ एप सार्वजनिक गरेको छ । । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन् ।

एपमा विद्यार्थीको सिकाइ सहज बनाउने उद्देश्यसहित स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटिएका छन् । कोभिड-१९ फैलिएयता देशभरि औपचारिक रूपमा भौतिक कक्षा हुन नसकेको अवस्थालाई ध्यानमा राखी घरमा बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्धेश्यले एप ल्याइएको केन्द्रले जनाएको छ ।

भौतिक कक्षा सञ्चालन नहुँदाको अवस्थामा यी सामग्रीको उपयोग गरी विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर राख्न मद्दत पुग्ने केन्द्रको ठम्याइ रहेको छ । मन्त्रालयले गत जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो । परिमार्जित निर्देशिकाको आधारमा स्थानीय तहले अनुकुल परिस्थिति रहेका विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् ।

‘कोभिडको महाविपत्तिलाई सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेलहरू अपनाउँदै आइएका छन्,’ महामारीको बेला विद्यार्थीको न्युनतम सिकाइलाई निरन्तर राखिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘यसैबीचमा हालैमात्र सीयुजी अवधारणालाई मन्त्री परिषद्को निर्णयले कार्ययोजना अघि बढाएको छ । प्रविधिमा समान पहुँच बढाउनुका साथै विद्यार्थी, शिक्षक र अभिभावकलाई यी माध्यमबाट लाभान्वित तुल्याउने प्रयास भएको छ ।’

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भौतिक कक्षा सुचारु नहुँदाको अवस्थामा एपमा समेटिएका सामग्री राम्रो आधार भएको बताए । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार एपमा यसअघि निर्मित अनलाइन शैक्षिक सामग्रीहरू, युट्युब, इबुक्स, पाठ्यपुस्तकमा समेटिएका प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्नेछन् । ‘तत्काल कक्षा १० सम्मका सामग्री समेटिएका छन्,’ उनले भने, ‘अब कक्षा १२ सम्म थप्ने अभ्यासमा छौँ ।’ हालसम्म रेडियो (एफएमहरूसमेत), टेलिभिजन, अनलाइन, युट्युबमार्फत् वैकल्पिक कक्षा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस