२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’(भिडियोसहित)

अ+ अ-

काठमाडौँ । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा आधारित ‘सिभिल सोल्जर्स’ बृत्तचित्र निर्माण गरिएको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसकेका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन् ।

‘सिभिल सोल्जर्स’ को कार्यकारी निर्माता तथा लेखक पनि उनी आफैँ रहेका छन् । कोरोनाको कारण भएको बन्दाबन्दी र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरुको कथामा ‘सिभिल सोल्जर्स’ केन्द्रीत रहेको निर्देशक तथा कार्यकारी निर्माता पाण्डेले बताए।

यो वृत्तचित्र फिल्म आगामी बिहीबारदेखि काठमाडौँमा शुरु हुने काठमाडौँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा ‘रिलिज’ हुँदैछ । बन्दाबन्दीका बेला मानिसहरु घरमा थुनिएर बस्नुपरेका बेला निर्देशक पाण्डे र उनको टोली डकुमेन्ट्री बनाउन व्यस्त थियो ।

यसलाई पुकार तिमिल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन् । ‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिबेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयमसेवी युवाहरुको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘‘सेना, प्रहरी र सरकारी चिकित्सकहरुको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरुले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्तावेज हुने हामीले विश्वास लिएका छौँ ।’

साइन मिडिया प्राइभेट लिमिटेडको प्रस्तुति रहेको ‘सिभिल सोल्जर्स’को शारदा गैरे निर्मात्री हुनुहुन्छ भने ईश्वर कोइरालाले दृश्य सम्पादन गरेका छन् । आशिष चित्रकारको संगीत रहेको ‘सिभिल सोल्जर्स’लाई योगेश पोखरेल, विन्देश दाहाल र शिवप्रसाद उप्रेतीले भाषा अनुवाद गरेका छन् ।

प्रतिक्रिया दिनुहोस