काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत पठाएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुको प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन्।
अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए।
त्यसपछि बैठकमा बोलेका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी सङ्कटमा रहेको बताएका थिए।