रुसद्धारा स्पुतनिक-५ नामक कोरोना खोपको मुल्य निर्धारण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रुसद्धारा स्पुतनिक-५ नामक कोरोना खोपको मुल्य निर्धारण


एजेन्सी

२१ मंसिर २०७७, आइतबार


काठमाडौँ । रुसले कोरोना भाइरसविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक-५ नाम गरेको कोरोना खोपको मूल्य तोकेको हो ।

स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल, नेपाली (करिब ३ हजार ९१ रुपैयाँ) निर्धारण गरेको हो ।

रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको हो । स्पुतनिक-५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड-१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।

रुसी स्वास्थ्य मन्त्रीका सहयोगी एक्लेक्से कुज्नेतसोवका अनुसार एउटा बक्समा २ डोजको ५ वटा कोरोना खोपको सेट राखिएको छ । जसको मूल्य ९ हजार ७ सय १० रुबल (१५ हजार ४ सय ५५ नेपाली रुपैयाँ) तोकेको बताएका छन् ।

रुसी नागरिकलाई भने कोरोना खोप निशुल्क रुपमा लगाइने सरकारले घोषणा गरेको छ । यसअघि रुस सरकारले कोरोना खोपलाई मुख्य र आवश्यकको औषधिको सूचीमा राखिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस