२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटू’ हिमाल आरोहण गर्दै तीन नेपाली युवा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आकर्षक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताए ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरू मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराए ।

‘नेपाललाई विश्वमाझ चिनाउन हिम आरोहीहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ’, मन्त्री गुरुङले भने, ‘अव नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्नेछु ।’

मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैंत्री बनाउन सकिने पनि स्पष्ट पारे । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

सो अवसरमा मन्त्री गुरुङले ‘माउन्ट केटू’ हिमाल आरोहणमा जान लागेका तीनै जना हिम आरोहीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । मिङ्मा, दावा र किलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका छन् । मन्त्री गुरुङले ‘माउन्ट केटू’ हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन पनि आरोहण दलका सदस्यलाई आग्रह गरे ।

बिदाइ समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।

आरोहण दलका सदस्यहरूलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरेका थिए । भने गौरीशङ्कर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँमा मात्रै ६५ जना भन्दा बढिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस