अस्तित्व « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अस्तित्व


२० मंसिर २०७७, शनिबार


मलाई थाहा छ
त्यो फुल हो, त्यो काँडा हो
तर,
उसले काँडालाई फुल भन्छ
फुललाई काँडा भन्छ ।
मैले नकार्न सकिन,
मैले पनि हो भन्नै पर्ने हो,
नत्र त,
फुललाई कोपिलामै निमोठेर
झारी दिन्छ,
काँडाले ठाउँ ठाउँ घोचेर
पछारी दिन्छ ।

फुल झरेर उसको
चरणको स्पर्श गर्नुपर्ने,
काँडा बोकेर उसको पछि पछि
अरूलाई घोच्न हिँड्नुपर्ने ।

फुल र काँडा नै नचिन्ने ले
अरूलाई झन् के चिन्ने हो र ?

बरु,
काँडाले झरेर उसको
चरणको स्पर्श गरे,
फुल बोकेर उसको पछि पछि
अरूलाई ब्युँझाउन हिँड्नु पर्ने भए,

निस्फिक्री,
निःसन्देह,
निरन्तर,
उसकै पछि दौडी रहन्थे
मेरो अस्तित्व बचाउन ।

Tags :
प्रतिक्रिया दिनुहोस