राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दाङमा प्रदर्शन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दाङमा प्रदर्शन


१८ मंसिर २०७७, बिहिबार


दाङ । संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै दाङमा बिहीबार प्रदर्शन भएको छ।

घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्‍याली निकालिएको हो। घोराही, तुलसीपुर, लमही लगायतका स्थानबाट जम्मा भएका मानिसहरु र्‍यालीमा सहभागी भएका थिए।

झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए।

र्‍यालीका सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए। त्यस्तै, उनीहरूले पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहका भनाइ लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

‘देशभक्त नागरिक’को नामबाट भएको र्‍याली घोराहीको तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस