काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्र सङ्घको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।
डिसेम्बर ३ र ४ तारिखमा हुने सो विशेष सभालाई विश्वका नेता, राष्ट्र सङ्घका उच्च अधिकारी र भ्याक्सिनको विकास गरिरहेका कम्पनीका प्रमुखहरूले सम्बोधन गर्नेछन् ।
कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरूको बारेमा सम्बोधन गर्नु मुख्य उद्देश्य महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१४१ वक्ताहरू रहने महासभामा ५३ राज्य प्रमुख, ३९ सरकार प्रमुख र ४ उपप्रधानमन्त्री र ३८ जना मन्त्रीहरू रहेका छन् ।
विश्वका नेताहरूको सम्बोधनबाहेक कोरोनाविरुद्धको खोपका विभिन्न पक्षहरूको बारेमा छलफल समेत हुने कार्यक्रम रहेको छ ।