विश्वराज पोखरेल एआइजीमा सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विश्वराज पोखरेल एआइजीमा सिफारिस


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।

गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो। पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। यसअघि सरकारले नेपाल प्रहरीको सङ्गठनात्मक संरचना(ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

बढुवा समितिमा गृह सचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्री कार्यालयका उपप्रधानमन्त्री ईश्वर राज पोखरेलको विशेष जोड बल र इन्ट्रेस्टमा विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्नकै लागि एआइजीको दरबन्दी सिर्जना गरिएपछि प्रहरी वृत्तमा निकै आलोचना भएको थियो । भावी आइजीबारे १८ महिना अघि नै टुङ्गो लगाउने गरी सिफारिस गरिएपछि चेन अप कमाण्डमासमेत यसको असर देखिने एक प्रहरी उच्च अधिकारी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस