२४ घन्टामा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त, २९ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घन्टामा थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना संक्रमणमुक्त, २९ जनाको मृत्यु


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २९जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।

हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् भने ५३५ जना क्वारेन्टिनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस