२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ ।

आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ ।

चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो ।

मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना सङ्क्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिए ।

आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले जानकारी दिए ।

याल्वाङमा कोरोना सङ्क्रमण लक्षणका बिरामी नभएपछि आइतबारबाट यो सङ्क्रमण बिरामी शून्य बनेको याल्वाङ स्वास्थ्यचौकीका इञ्चार्ज ग्याछु लामाले जानकारी दिए । आइतबार डिस्र्जाच भएका ५४ जनाको सम्पर्कमा आएका कोही कसैमा यो सङ्क्रमणको लक्षण नदेखिएको र यदि देखिएमा परीक्षणको दायरालाई बढाउने इञ्चार्ज लामाले बताए ।

केही दिन अगाडि वडा नं ४ को ठूलो जनसङ्ख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो । महाबौद्ध याल्वाङका तीन कर्मचारी र ३२ विद्यार्थीसहित ३५ सङ्क्रमित तथा धार्मिक विद्यालय गुम्बाका १९ विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् । दुई कोरोना सङ्क्रमितलाई काठमाडौँ लगिएको छ ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सविना बोहरा, याल्वाङ स्वास्थ्यचौकी इञ्चार्ज ग्याछु लामा, एचएहरू पेमा छुकी लामा, गोरा भण्डारी र लोग बोहरा, ल्याब असिस्टेन्ट छेदेन लामा, छिरिङ लामा, मन्दिरा शाही र गाउँपालिकालगायतका स्वास्थ्यकर्मीको अथक प्रयासपछि कोरोना नियन्त्रणमा आउनुका साथै आइतबारदेखि उक्त गाउँपालिका सङ्क्रमण मुक्त बनेको हो । ससो गाउँपालिकामा जिल्ला ल्याब टेक्निसियन बलिराज भण्डारी नियमित खटिएका थिए ।

उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो । कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको सङ्क्रमण फैलिएर ५६ जनामा सरेको थियो । हुम्लामा पहिलोपटक असोज ३ गते यो सङ्क्रमण देखिएको थियो । हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सक मात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन् ।

प्रतिक्रिया दिनुहोस