प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्हेबीच शिष्टाचार भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्‍त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्हेबीच शिष्टाचार भेट


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका रक्षामन्त्री फेङ्हेले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि  रक्षामन्त्री वेइ फेङ्हे  शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी चीन फर्किने छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस