२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा आज नयाँ कीर्तिमान, ९ अर्ब नाघ्यो कारोबार

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ ।

नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस ट्रेन्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ ।

अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर रु नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०.०५ ले उकालो लागेको छ । यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५१ करोड ७९ लाख ९१ हजार ८३७ बराबरको कारोबार भयो ।

यस्तै, कुमारी बैंक रु ४० करोड ८० लाख ६२ हजार ६५६, नबिल बैंक रु ३३ करोड ५६ लाख सात हजार ८६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २६१, नेपाल बैंक रु ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक रु २७ करोड ९५ लाख ८२ हजार ८७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २६ करोड ३९ लाख १२ हजार ६२५, शिवु् सिमेन्ट रु २३ करोड ९८ लाख ४२ हजार ९५२ र हिमालयन डिस्टिलरु रु २३ करोड ८९ लाख ४० हजार ९३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।

यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस