चिनियाँ विदेशमन्त्री वेइ सैनिक मुख्यालय जंगी अड्डामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चिनियाँ विदेशमन्त्री वेइ सैनिक मुख्यालय जंगी अड्डामा


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ । एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेका छन् ।

जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्दैछन् । प्रधानसेनापति थापासँगको वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच जंगी अड्डामा छलफल हुनेछ ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ आएका उनले सैनिक अधिकारीसँगै उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ । उनको भ्रमण टोलीमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन्।

सेनापतिसँगको भेटपछि उनले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दैछन् । प्रधानमन्त्रीसँगको भेट सकेर वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटका लागि शीतल निवास पुग्नेछन् ।

चीनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । विमानस्थलमा पत्रकारसँग बोल्दै वेइले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस