२४ घण्टामा थप १३८० जनामा कोरोना पुष्टि, ५१५ जना कोरोनामुक्त, १९ को मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा थप १३८० जनामा कोरोना पुष्टि, ५१५ जना कोरोनामुक्त, १९ को मृत्यु


१३ मंसिर २०७७, शनिबार


काठमाडौँ । पछिल्ले २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना भाइरस संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

साथै, आज ५ सय १५ जना कोरोना भाइसर संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस