बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद


१२ मंसिर २०७७, शुक्रबार


बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो ।

गत कात्तिक २८ गते बडिगाड गाउँपालिका-३ सिसाखानीबाट एक थान, मङ्सिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मङ्सिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मङ्सिर ११ गते ताराखोलाकै वडा नं २ बाट नौ थान र वडा नं ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए । अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस