गुल्मी जीप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, ३ जना घाइते « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गुल्मी जीप दुर्घटना अपडेट : ५ जनाको मृत्यु, ३ जना घाइते


१२ मंसिर २०७७, शुक्रबार


गुल्मी​ । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। इश्मा गाउँपालिका-४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इश्मा- ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए।

दुर्घटनामा इस्मा गाउँपालिका-४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

बिहान ७:२० बजेतिर ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको कार्कीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस