२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताए ।

आज आफ्नो कार्यकक्षमा रासससँग कुरा गर्दै उनले मन्त्रिपरिषद्को बैठकले प्रदेशमा यातायात व्यवस्था सञ्चालन गर्ने अध्यादेश–२०७७ लाई बुधबार स्वीकृत गरिएपछि प्रदेशको १३ जिल्लाको ११९ स्थानीय तहमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने क्रममा विद्युतीय चार्जिङ् स्टेशन निर्माण गर्न पत्राचार गरिसकिएको बताए ।

उनले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन भइसकेकाले उक्त बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्ती गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

मन्त्री फुयाँलले विद्युतीय सवारी साधनलाई तत्कालै सञ्चालन गर्ने प्रक्रियालाई सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तहसँग सरकारले समन्वय गरी प्रक्रिया अघि बढाइसकिएको पनि स्पष्ट पारे ।

उनले प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ्, चितवन मकवानपुरलगायत अन्य शहरमा विद्युतीय सवारी साधन सञ्चालनका लागि चार्जिङ् स्टेशन लाइन विस्तार गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरिरहेकोे र छिट्टै ती शहरमा विद्युतीय लाइन विस्तार हुने विश्वास व्यक्त गरे ।

मन्त्री फुयाँलले त्रिभुवन राजपथ एवं नौबिसे मुग्लिन सडकखण्डमा पनि विद्युत् चार्जिङ् स्टेशन निर्माणको लागि विद्युत् प्राधिकरणमार्फत सर्वे भइरहेको र कहाँ, कहाँ स्टेशन राख्न आवश्यक छ तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिए ।

उनले भैँंसे–भीमफेदी एवं भीमफेदी-कुलेखानी विस्तारित सडकखण्डको पनि आज निरीक्षण गरे । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको काम छिट्टै प्रारम्भ गर्ने र त्यस क्षेत्रमा पर्ने निजी घर जग्गाको हकमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सरोकार समितिलाई समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस