चितवन । कोरोना भाइरसबाट सङ्क्रमणका कारण राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।
कोरोना सङ्क्रमित उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।
दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत रहेका शाक्य २०७० मा योजना आयोगको उपाध्यक्ष थिए ।